Thaha

Saturday 21 September - 11:33 pm NST

लमजुङमा जीप दुर्घटनामा ५ जनाको मृत्यु !

काठमाडौं, कात्तिक २६ । लमजुङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । खुदीबाट बेसीशहर जाँदै गरेको ग १ ज ५५८८ जीप दुर्घटना हुँदा अरु  २ जना गम्भीर घाइते भएका छन् । बेसीशहर नगरपालिका वडा नम्बर १३, चनौटे र बेलौती बिसौनाको बीचमा पर्ने डाँडामा आज बिहान ३ बजेतिर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा बेसीशहर नगरपालिका–१३ चनौटे घर भई नवलपरासीको कावासोती बस्दै आएका खुशीराम आले, बेसीशहर १३, चनौटेका मोसा तामाङ र भरत थापा, खुदी ९, अर्खले घर भइ चनौटेमा बस्दै आएका नन्दबहादुर गुरुङ र तनहुँ पुर्कोट घर भई हाल बेसीशहर १३ चनौटे बस्दै आएका बसन्त श्रेष्ठको मृत्यू भएको छ  ।